logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नवलपुरमा सुनचाँदी व्यवसायीलाई अपहरण गर्ने प्रयास, एक जना पक्राउ


  • उज्यालो अभियान

नवलपुर – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको नवलपुर बजारमा आइतबार साँझ एक जना सुनचाँदी व्यवसायीलाई अपहरण गर्ने प्रयास भएको छ ।

नवलपुरस्थित पूर्व बसपार्कदेखि दक्षिणतर्फ मनकामना सुनचाँदी पसल संचालन गर्ने लालबन्दी नगरपालिका–१, स्थित नवलपुर नै घर भएका गुड्डु साहलाई अपहरणको प्रयास भएको हो । साँझ ६ बजेतिर कार चढेर आएका केही व्यक्तिले उनलाई गाडीमा राखेर लैजाने प्रयास गरेका थिए । तर, तत्कालै प्रतिकार गरेर स्थानीयले एक जनालाई नियन्त्रणमा लिन सफल भएका छन् ।

ती व्यक्तिलाई अहिले इलाका प्रहरी कार्यालय नवलपुरमा लगेर राखिएको छ । अन्य व्यक्ति भने गाडी लिएर फरार भएका छन् । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।

सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले घटनाबारे आफूलाई पनि भर्खरै सूचना आएको र विस्तृतमा बुझ्ने काम गरिरहेको उज्यालो अभियानसँग बताएका छन् ।