बरहथवा – सर्लाहीको बरहथवास्थित एनएमबी बैंकको शाखा र यहाँस्थित हनुमन्त हस्पिटलबीच विभिन्न सेवाका सम्वन्धमा सहकार्य भएको छ ।
आइतबार सो बैंकको मधेश प्रदेश प्रमुख कमल पोख्रेल र हस्पिटलका संचालक डाक्टर रन्धिरकुमार झाबीच सहकार्य पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा एनएमबी बैंकका खाताधारी कोही व्यक्ति बिरामी पर्दा औषधिबाहेक अन्य सेवा लिँदा १५ प्रतिसत छुट दिने, बैंकका खाताधारीले बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म फोनमार्फत अस्पतालका चिकित्सकसँग निःशुल्क परामर्श लिन सक्ने उल्लेख छ ।
सेवाग्राहीको हितलाई मध्यनजर गरी अस्पतालसँग यस प्रकारको सम्झौता गरिएको एनएमबी बैंक बरहथवा शाखाका अपरेशन इन्चार्ज मृत्युन्जय झाले बताए ।