logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीको फूलपरासीमा आगो ताप्ने क्रममा जलेर एक महिला गम्भीर घाइते


  • उज्यालो अभियान

कौडेना – सर्लाहीको कौडेना गाउँपालिका–२, फूलपरासीमा शनिबार साँझ आगोले जलेर एक महिला गम्भीर घाइते भएकी छन् ।

चिसो छल्न घुर (आगो) बालेर ताप्ने क्रममा आफैले लगाएको साडीमा अचानक आगो सल्किँदा स्थानीय वीरेन्द्र रायकी श्रीमती ३५ वर्षीया कुमरिया देवी राय गम्भीर घाइते भएकी हुन् । आगोले पेट भन्दा तलको सम्पूर्ण भाग जलेर घाइते भएकी कुमरिया देवीको प्रादेशिक अस्पताल मलंगवामा उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तराई मधेशका जिल्लामा चिसो छल्न आगो बालेर ताप्ने क्रममा सावधानी नपनाउँदा यस्ता घटना हुने गरेका छन् । निरन्तर शितलहर चलेर अत्यधिक चिसो बढ्दा तराईका स्थानीयले अहिले घर तथा चोक, बजारमा आगो बालेर तापिरहेका छन् ।