logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

घारिबथानको लामिदमारमा डेढ बिघाको गाँजा खेती नष्ट


  • उज्यालो अभियान

फाइल तस्बीर ।

बयलवास – प्रहरीले शुक्रबार दिउँसो सर्लाहीको उत्तर पूर्वी चुरेभेगस्थित ईश्वरपुर नगरपालिका १२ घारिबथान लामिदमार भन्ने स्थानमा १ बिघा ७ कठ्ठाको गाँजा खेती नष्ट गरेको छ ।

बयलवासस्थित इप्रका केशरगन्जबाट वरिष्ठ प्रहरी नायब निरीक्षक महेशप्रसाद यादवको कमाण्डमा गएको प्रहरी टोलीले सिन्धुलीको सीमा नजिकै पर्ने लामिदमारका स्थानीयले पाखो बारीमा लगाएको गाँजा नष्ट गरेको हो । बाँके खोलाको बाटो हुँदै जानुपर्ने त्यस ठाउँमा प्रतिवन्धित गाँजाको खेती भइरहेको सूचना पाएपछि २० जना प्रहरी टोली त्यहाँ पुगेको थियो ।

सर्लाहीमा प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी हाजिर भएदेखि अवैध गाँजा खेती नष्ट गर्ने अभियान चलाइरहेका छन् । जिल्लाको लालबन्दी नगरपालिका १४ नारायण खोलामा प्रहरीले १३ बिघाको गाँजा खेती नष्ट गरिसकेको छ ।