चन्द्रनगर – जिल्लाको चन्द्रनगर गाउँपालिका ६ कामदस्थित मुसहर बस्तीका बालबालिकालाई शुक्रबार ज्याकेट वितरण गरिएको छ ।
गृहमन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाबाट प्राप्त १५० थान ज्याकेट कामदस्थित मुसहर बस्तीमा लगेर बाँडिएको हो । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, गाउँपालिकाका अध्यक्ष राजकुमार महतो, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, वडाध्यक्ष रामस्वरुप राउतलगायत भएर बालबालिकालाई ज्याके वितरण गरेका हुन् ।
मन्त्रालयबाट प्राप्त न्याना कपडा तथा जुत्ता यसरी विभिन्न बस्ती र विद्यालयमा पुगेर वितरण गर्ने क्रम जारी छ । सर्लाहीमा केहीदिनदेखि बढ्दो चिसोले सबैभन्दा धेरै मुसहर समुदाय प्रभावित छन् ।