logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सेनाले तातो चिया र बिस्कुट बाँड्यो


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीमा नेपाली सेनाले मुसहर बस्तीमा बढ्दो चिसोलाई मध्यनजर गर्दै तातो चिया र बिस्कुट वितरण गरेको छ ।

सेनाको सर्लाहीस्थित भैरवी दल गण पाँचकुमारी ब्यारेकले बुधबार हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राह र ईश्वरपुर नगरपालिकास्थित विभिन्न मुसहर बस्तीमा तातो चिया र बिस्कुट वितरण गरेको हो । ती बस्तीमा करिव पच्चीस हजार केजी दाउरा बालेर आगो ताप्ने व्यवस्था समेत मिलाइएको गणले जनाएको छ ।

गणपति अभिषेक कार्कीको निर्देशनमा गणबाट सेनानी उमेश राईको नेतृत्वमा हरिपुर र ईश्वरपुरका मुसहर बस्तीमा पुगेर सेनाको टोलीले चिसो प्रभावितलाई न्यानो पार्ने प्रयास गरेको हो । यो कार्यबाट स्थानीय वासिन्दा तथा बटुवा समेत गरी ४५० जना भन्दा बढी लाभान्वित भएका सेनाको भैरवी दल गण पाँचकुमारी ब्यारेकले जनाएको छ ।

सर्लाहीसहित तराई क्षेत्रमा केही दिनदेखि कठ्याङग्रिदो चिसो हुँदा मुसहर, डोम, चमारजस्ता अतिविपन्न र दलित परिवार प्रभावित बनिरहेका छन् ।