लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका ७ को वडा कार्यालयले शनिबार वडाभित्रका ३०१ जना ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई पानी तताउने जग प्रदान गरेको छ ।
राज्यबाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका वडाभित्रका ती लाभग्राहीलाई बिजुलीबाट पानी तताउने एक÷एक वटा जग प्रदान गरिएको वडाध्यक्ष कृष्ण कुमार कार्की (गोपाल) ले बताए ।
वडाध्यक्ष कार्की, वडा सदस्यहरु ताराकुमारी श्रेष्ठ, गीता कुमारी विश्वकर्मा, सुरज थापा, राधेश्याम गुप्ता र वडा सचिव निला कुमारी निरौला भएर ज्येष्ठ नागरिक, एकल महिला अपाङ्गलाई जानकी माध्यमिक विद्यालय लालबन्दीमा भेला पारेर पानी तताउने जग प्रदान गरेका हुन् ।