सासापुर – सर्लाहीको हरिवन नगरपालिका–३, मोहनपुरमा रहेको प्राथमिक विद्यालयको अध्यक्षमा पुनः मानबहादुर घिसिङ चयन भएका छन् ।
शुक्रबार सम्पन्न अभिभावक भेलाले घिसिङलाई दोस्रो पटक फेरि तीन वर्षे कार्यकालका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । नवगठित विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा भगवती पाख्रिन, अकलेश साह, पार्वती विश्वकर्मा, भिमबहादुर घिसिङ र सुनैनादेवि दास चयन भएका हुन् ।
यसैगरी शिक्षक प्रतिनिधिमा अजय कुमार भुजेल, पदेन सदस्यमा हरिवन नगरपालिका ३ का वडाध्यक्ष दीपमान लोप्चन र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक हेमबहादुर बोम्जन चयन भएका विद्यालयले जनाएको छ ।