बसबरिया – सर्लाहीको बसबरिया गाउँपालिकामा चिसोले कठ्यांग्रिएर मृत्यु हुनुभएका श्रीपतीदेवी पासवानको परिवारलाई बिहीबार एक मनकारीले व्यक्तिगत तर्फबाट सहयोग गरेकी छन् ।
चिसोले कठ्यांग्रिएर ज्यान गुमाएकी पासवानको परिवारलाई बिहीबार दिउँसो नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्षकी प्रत्यासी निभा कुमारीले सहयोग प्रदान गरेकी हुन् । अतिविपन्न पासवान परिवारलाई निभा कुमारीले सिरक, डस्ना, झुल, साडी, ज्याकेट, कम्बलसहित एक बोरा चामल, दाललगायतका खाद्य वस्तु सहयोग गरेकी हुन् ।
चिसोमा आगो ताप्नका लागि दाउरा खोज्न जाँदा ७९ वर्षीया श्रीपतीदेवीको कठ्यांग्रिएर ज्यान गएको थियो ।