logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा आज यस वर्षकै धेरै चिसो, बिहानैदेखि बाक्लो हुस्सु र शितलहर


  • उज्यालो अभियान

लालबन्दी  – सर्लाहीको न्यूनतम तापक्रम यो वर्षकै कम देखिएको छ ।

आज बिहान ७ बजेको मापन अनुसार जिल्लाको तापक्रम ९ डिग्री सेल्सियसमा झरेको हो । अघिल्ला दिनहरुमा जिल्लाको न्यूनतम तापक्रम ११/१२ डिग्री सेल्सीयसको हाराहारीमा हुन्थ्यो ।

सर्लाहीमा आज बिहानैदेखि बाक्लो हुस्सु लागेर शित झरिरहेका कारण जिल्लावासीले अत्यधिक चिसो महशुस गरिरहेका छन् । कठ्यांग्रिदो चिसोले अतिविपन्न, दलित, मजदुर, किसान प्रभावित बनेका छन् ।

विद्यालय जानुपर्ने विद्यार्थी पनि प्रभावित भएका छन् । शरीरमा लगाउने न्यानो कपडा र राति सुत्दाका लागि ताता ओढनओछ्याउने नभएका डोम, चमार, मुसहरजस्ता अतिपिछडिएको वर्ग चिसोमा कठ्यांग्रिएरै बस्न बाध्य भइरहेका छन् ।

चिसो छल्न स्थानीयहरु घर तथा चोक बजारमा आगो बालेर तापिरहेका छन् । चिकित्सकले यो चिसोमा बालबालिका, वृद्धवृद्धा र शारीरिक रुपमा अशक्त रहेका व्यक्तिहरुलाई गाह्रो पर्ने भएकाले उनीहरुको विशेष ख्याल गर्न र झोलिलो तथा ताता खानेकुरा प्रशस्त खान सुझाव दिएका छन् ।