logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका सम्वन्धमा अन्तरक्रिया


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा बुधबार भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्वन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको आयोजनामा अन्तरक्रिया गरिएको हो । आयोगकी आयुक्त डाक्टर सुमित्रा श्रेष्ठ अमात्यको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा जिल्लाको विभिन्न पालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, अन्य सुरक्षा अधिकारी, विभिन्न कार्यालयका प्रमुख, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, नागरिक समाजका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

अन्तरक्रियामा नागरिकको समाजको तर्फबाट जिल्लामा रहेका भ्रष्टाचार तथा सुशासनका सवाल, नागरिकले झेल्नु परेको अनेकन सास्ती, कार्यालयबाट प्रवाह हुने सेवाको अवस्थालगायत बारे आ–आफ्नो मन्तव्य राखेका थिए ।

यस्तै, प्रमुख जिल्ला अधिकारीसहित विभिन्न कार्यालयका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतले कानूनी पक्ष, जिल्लाको वस्तुस्थितबारे अवगत गराएका थिए ।