लालबन्दी – बैंक तथा वित्तीय संस्थाले चर्को ब्याज असुलेको भन्दै सर्लाहीको लालबन्दीका उद्योगी र व्यापारी÷व्यवसायी आन्दोलित भएका छन् ।
चर्को ब्याजदर र प्रतिकूल बैंकिङ नीतिविरुद्ध लालबन्दीका उद्योगी व्यापारी बुधबार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् । लालबन्दी उद्योग वाणिज्य संघको अगुवाईमा आज व्यापारीहरूले लालबन्दी र नवलपुर बजारमा ‘कारोबारको आधारमा कर्जा दिने प्रावधान संशोधन गर’, ‘चालू रहेको ओभरड्राफ्ट लोन यथावत राख’, ‘जिन्सी निर्यात बढाऊ’, ‘नगद निर्यात बन्द गर’, ‘बैंक ब्याज सिंगल डिजिट कायम गर’, ‘एलसीको १०० प्रतिशत मार्जिन खारेज गर’ लेखिएको प्लेकार्डका साथ ¥याली निकालेका थि ।
लालबन्दीमा आयोजित कोणसभालाई उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दिपेन्द्र बलम्पाकी, होटल व्यवसायी संघका अध्यक्ष हिराकाजी योन्जन, उद्योग वाणिज्य संघ लालबन्दीका निर्वतमान अध्यक्ष कल्याणकुमार जोशीले सम्वोधन गरे । उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष बलम्पाकीले व्यापारी, व्यवसायी अहिलेको अवस्थामा चुप लागेर बसे सडकमा पुग्ने अवस्था आउने बताए ।
व्यापारीका पीरमर्का नबुझी बैंकहरूले १० प्रतिशतमा आफूले लिएको ऋण १८ प्रतिशतसम्म ब्याज असुलेर ६० प्रतिशतसम्म नाफा आर्जन गरी कालोबजारी गरेको उहाँले आरोप लगाए । मूल्यवृद्धिका कारण व्यवसाय चल्न नसकेको अवस्थामा बैंकले ब्याजदर बढाउनु दुःखको भएको वक्ताहरूले तर्क गरेका छन् ।
शुरुमा एउटा एग्रिमेन्ट गर्ने र विस्तारै ब्याजदर बढाउँदै लैजानाले व्यापारी भाग्ने, पलायन हुने र डिप्रेसनमा जाने सम्भावना बढेको ¥यालीमा सहभागी व्यवसायीले गुनासो गरेका छन् ।