logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

हरिवनमा एक पुरुष मृत भेटिए


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिवन सर्लाहीको हरिवनमा सोमबार बिहान एक पुरुष मृत फेला परेका छन् ।

हरिवन नगरपालिका–११ स्थित बजारमा नामथर, वतन नखुलेको अन्दाजी ६०÷६५ वर्षका पुरुष मृत फेला परेका हुन् । सोमबार बिहान स्थानीय रत्न श्रेष्ठको घरको पेटीमा सुतेको अवस्थामा मागेर खाँदै हिँड्ने ती पुरुष मृत फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनायो ।

उनको चिसोले कठ्यांग्रिएर ज्यान गएको हुनसक्ने आशंका गरिएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।