logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

एसपी पोखरेललाई विभिन्न कार्यालय र संघसंस्थाले गरे बिदाई


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीबाट सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) प्रवीण पोखरेललाई आइतबार विभिन्न कार्यालय तथा संघसंस्थाले बिदाई गरेका छन् ।

एसपी पोखरेललाई जिल्ला प्रशासन कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी भएर बिदाई गरेका हुन् । साथमा सुरक्षा निकाय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै, कर्मचारी मिलन केन्द्र सर्लाहीले एसपी पोखरेल र नेपाल विद्युत् प्राधिकरण मलंगवा वितरण केन्द्रका प्रमुख विनोदकुमार यादवलाई बिदाई गरेको छ । त्यसैगरी, एसपी पोखरेललाई आइतबार नै सर्लाही चेम्बर अफ कमर्शले सदरमुकाम मलंगवामा बिदाई गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा भएका एसपी पोखरेल सोमबार यहाँबाट जाने जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायो । पोखरेल एसएसपीमा बढुवाको लाईनमा छन् ।

सर्लाहीका नयाँ एसपी नरेशराज सुवेदी हाल उच्च तहको अपरेशन एण्ड कमाण्ड व्यवस्थापन तालिममा सरिक भइरहेकाले एक हप्तापछि मात्रै जिल्ला आउने बुझिएको छ ।