logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मलंगवामा राष्ट्रिय वाणिज्य बैंकको शाखा खुल्यो


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार राष्ट्रिय वाणिज्य बैङ्कको शाखा उद्घाटन गरिएको छ ।

मलङ्गवा नगरपालिका–९, मा बैङ्कको २६४ औँ शाखा उद्घाटन भएको हो । प्रदेश सभा सदस्य कौशलकिशोर रायले बैङ्कको शाखा उद्घाटन गरेका शाखा प्रवन्धक सुशील कुमार महतोले जानकारी दिए ।
कार्यक्रममा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीलगायतको आतिथ्यता रहेको थियो । योसँगै सर्लाहीमा राष्ट्रिय वाणिज्य बैङ्कको पाँचवटा शाखा भएको छ ।

मलङ्गवा, लालबन्दी, बयलवास, बलरा र बरहथवामा बैङ्कको शाखा भएको हो । यस्तै, बैङ्कको कविलासी नगरपालिकास्थित गैर बजारमा शाखारहित कारोवार भइरहेको छ ।