logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

इन्दुशंकर चिनी मिलले सुरु गर्यो उखु क्रसिङ


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योग बुधबार देखि सञ्चालनमा आएको छ ।

इन्दु शंकर चिनी उद्योगका प्रशासन प्रमुख ठाकुर नेपालले बुधबार बिहानबाट उद्योगले उखु क्रसिङ गर्न अर्थात् उखु पेल्न सुरु गरिएको जानकारी दिए । सर्लाहीको महालक्ष्मी चिनी उद्योग बगदह, गोडैता केही दिनअघि देखि नै संचालनमा छ । अन्नपूर्ण चिनी मिल धनकौल भने सञ्चालनबारे अन्यौलता छ ।

यो वर्ष उखुको मूल्य निर्धारण नहुँदै चिनी उद्योगहरु सञ्चालनमा आउँदा किसानहरु भने अन्योलमा परेका छन् ।