logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

पर्सा गाउँपालिकामा ३९ जनाले गरे बन्ध्याकरण


  • उज्यालो अभियान

पर्सा – सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित भारतसँग सीमा टाँसिएको पर्सा गाउँपालिकामा ३९ जनाले निःशुक रुपमा परिवार नियोजन बन्ध्याकरण गराएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले पर्सा गाउँपालिकासँग समन्वय गरी गाउँपालिकाको नारायणपुर भन्ने स्थानमा राखेको निःशुल्क २ दिने घुम्ती शिविरमा सन्तानको रहर पूरा भएका ३९ जना महिलाले बन्ध्याकरण गराएका हुन् । शिविरमा बन्ध्याकरणका लागि पुरुष भने नआएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तैप्रकारको शिविर अब मंगलबारदेखि ब्रम्हपुरी गाउँपालिकाको नोकेल्वामा राखिने स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नवलकिशोर झाले जानकारी दिए । स्वास्थ्य कार्यालयले अहिलेसम्म मलंगवा, चन्द्रनगर, हरिपूर्वा, ईश्वरपुर र पर्सामा निःशुल्क बन्ध्याकरण शिविर राखिसकेको छ ।