logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा आज हुस्सु केही कम, बिहानैदेखि घाम लाग्दा चिसोबाट राहत


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा आज (आईतबार) हिजो अस्तीको तुलनामा चिसो केही कम छ ।

पातलो मात्रामा हुस्सु लागेर बिहानैदेखि घाम लागिरहेकाले चिसो कम महशुस गरिएको हो । लालबन्दी, हरिवन, मलंगवा, बरहथवासहित जिल्लाभर नै तुलनात्मक रुपमा आज चिसो कम भएको स्थानीयले बताएका छन् ।

यस क्षेत्रमा विगत ४÷५ दिनदेखि कठ्यांग्रिदो चिसो हुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी, विपन्न, दलित, मजदुरलगायत प्रभावित भइरहेका छन् । अहिले चिसो केही कम भएपनि साँझ–बिहान र रातको समयमा भने पुस लागेसँगै चिसो बढ्दो क्रममा रहेको छ ।