logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मगर संघको जिल्ला अधिवेशन माघ २१ मा


  • उज्यालो अभियान

बागमती – नेपाल मगर संघ सर्लाहीको छैठौँ जिल्ला अधिवेशन आगामी माघ २१ गते गर्ने निर्णय भएको छ ।

संघको शनिबार बागमती नगरपालिका १ मिलनचोकस्थित मगर गुम्बामा बसेको जिल्ला कार्य समितिको बैठकले माघ २१ मा जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो । त्यसअघि माघ १० गतेभित्र पालिका अधिवेशन सक्ने निर्णय भएको नेपाल मगर संघ सर्लाहीका अध्यक्ष तेजनारायण आले मगरले जानकारी दिए ।

जिल्ला अध्यक्ष आलेकै अध्यक्षता तथा केन्द्रीय सदस्य ओम राना मगरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा दीपक थापा मगर, भरत पुलामी मगर, जयन्ति आले मगर, लक्ष्मी थापा मगरलगायतको उपस्थिति रहेको थियो ।

सर्लाहीमा बागमती, बरहथवा, हरिपुर, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकामा मगर समुदायको बसोवास छ ।