logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा आजबाट बाक्लो हुस्सु लाग्न सुरु, चिसो झनै बढ्यो


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा आज (बुधबार) बाट बाक्लो मात्रामा हुस्सु लाग्न सुरु भएको छ ।

अघिल्ला दिनहरुमा पातलो मात्रामा हुस्सु लागेपछि आज बिहान भने बाक्लो मात्रामा हुस्सु लागेको हो । बाक्लो हुस्सु लाग्न थालेसँगै चिसो झनै बढेको छ ।

यस क्षेत्रमा दिउँसोपख पारिलो घाम लाग्ने गरेकोमा विगत २ दिनदेखि भने घाम पनि मधुरो हुँदै गएको छ । चिसो बढ्दै जाँदा विशेष गरी न्यानो कपडा नभएका तथा छाप्रामा बस्नेहरु बढी प्रभावित हुन थालेका छन् ।

मजदुर र किसान पनि प्रभावित हुन थालेका छन् । चिकित्सकले कठ्यांग्रिदो चिसो हुन थालेकाले स्वास्थ्यको ख्याल गरी झोलिलो र ताता खानेकुरा पर्याप्त खान सुझाव दिएका छन् ।