logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मलंगवामा घरेलु कार्यालयको भवन शिलान्यास


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा सोमबार घरेलु तथा साना उद्योग कार्यालयको भवन शिलान्यास गरिएको छ ।

मलंगवा नगरपालिका–२, स्थित पब्लिक माध्यमिक विद्यालय नजिक रहेको राम कविर मठको जग्गामा ८ कोठे कार्यालय भवनको शिलान्यास गरिएको हो । भवन निर्माणका लागि १ करोड ४७ लाख ६५ हजार ९७७ रुपैयाँ बजेट प्राप्त भएको छ । भवनको मठका महन्थ देवलाल दास बैरागी, मलंगवाका मेयर नागेन्द्र प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, घरेल तथा साना उद्योग कार्यालय मलंगवाका प्रमुख जितेन्द्र किशोर गुप्ता, मलंगवा २ का वडाध्यक्ष धीरेन्द्र साह लगायतले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

कार्यालय प्रमुख गुप्ताले सहरी विकास तथा भवन कार्यालयले उपलब्ध गराएको बजेटबाट कार्यालय भवन निर्माण गर्न लागिएको जानकारी दिए । घरेलु कार्यालय अहिले मलंगवा ८ स्थित भाडाको घरबाट संचालन भइरहेको छ ।