logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

गोडैतामा ७७५ निःशुल्क आँखा परीक्षण, २८२ जनामा मोतिया विन्दु


  • उज्यालो अभियान

गोडैता – सर्लाहीको गोडैता नगरपालिकामा भएको २ दिने निःशुल्क आँखा परीक्षण शिविरमा २८२ जनामा मोतिया विन्दु फेला परेको छ ।

नगरपालिकाले नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल र सूगन बचत तथा ऋण सहकारी संस्था हरिवनसँग समन्वय गरी शुक्रबार गोडैतास्थित वेणि भोला नमूना मा.वि. र शनिबार मा. वि. भगवतिपुरमा निःशुल्क आँखा परीक्षण शिविर राखेको थियो । शनिबार भगवतिपुरको शिविरमा २४८ जनाको आँखा परीक्षण गर्दा १०१ जनामा मोतिया विन्दु फेला परेको गोडैता नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक प्रमोद पण्डितले जानकारी दिए ।

यसअघि गोडैतामा शुक्रबार भएको शिविरमा ४९३ जनाको आँखा जाँच गर्दा १८१ जनामा मोतिया विन्दु फेला परेको थियो । मोतिया विन्दुका बिरामीलाई मंसिर २६ र २७ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र गोडैता ७ मा निःशुल्क अप्रेसनको व्यवस्थ मिलाइएको स्वास्थ्य शाखा संयोजक पण्डितले बताए ।

जिल्लाको ग्रामीण भेगमा संचालन भएको यस शिविरबाट विपन्न परिवारका आँखाको बिरामीले लाभ लिएका छन् ।