logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बागमतीमा किशोर किशोरीका लागि जीवन उपयोगी तालिम सुरु


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको बागमतीमा बिहीबारबाट बाल स्पोन्सरशीप परियोजना अन्तर्गत किशोर किशोरीको समग्र विकासका लागि तालिम सुरु भएको छ ।

बागमती सेवा समाज नेपालको आयोजनामा १० दिने रुपान्तरण जीवन उपयोगी शीप प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको हो । तालिममा जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकाका २४ जना किशोर किशोरीको सहभागिता रहेको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए ।

 

उनका अनुसार पछिल्लो समय समाजमा किशोर किशोरीलाइ समयमै सकरात्मक ज्ञानको विकास गराउन नसक्दा गलत बाटो रोज्ने गरेकाले असल बाटोमा डोर्याउन यस किसिमको तालिम प्रदान गरिएको हो । समाजमा ब्याप्त दाईजो प्रथा, बालविवाह, स्वास्थ्य र शिक्षामा भइरहेको बेथिती अन्त्य गर्नमा तालिमले मद्धत पुग्ने आयोजकले विश्वास लिएको छ ।

तालिममा सहभागी प्रशिक्षार्थी हरिपुर्वा र पर्साका स्थानिय विद्यालयमा कक्षा ९ देखि १२ कक्षामा अध्ययनरत् छात्रछात्रा हुन् । बागमती सेवा समाज नेपालको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपाल, नेपाली जुटौ बालविवाह रोकौको सहयोग तथा हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकको समन्वयमा तालिम सञ्चालन भएको अध्यक्ष कार्कीले बताए ।

तालिमको हरिपूर्वा नगरपालिकाका नगर प्रमुख बिनोद कुमार साहले उद्घाटन गर्नुभएको परियोजना संयोजक प्रमेश बादेले जानकारी दिए ।