हरिवन – सर्लाहीको हरिवनमा बुधबारबाट पत्रकारहरुलाई समाचार–फिचर लेखन सम्वन्धी प्रशिक्षण सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समिति काठमाडौंको आयोजना तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको संयोजनमा हरिवनस्थित सम्राट होटलको हलमा ४ दिवसीय प्रशिक्षण सुरु भएको हो । प्रशिक्षणमा महासंघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द आचार्य प्रमुख प्रशिक्षक रहेका छन् ।
यस्तै, महासंघकै कार्यक्रम प्रवन्धक रामप्रसाद दाहालको पनि उपस्थिति रहेको छ । जिल्लाभित्र क्रियाशील पत्रकारको क्षमता विकास र खोजमूलक समाचार लेखनमा उत्प्रेरित गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए ।
बुधबार दिउँसोबाट सुरु भएको प्रशिक्षण मंसिर १७ गतेसम्म चल्ने छ ।