हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११ मा रहेको सनराईज आवासिय विद्यालयको कक्षा ५ मा अध्ययनरत विद्यार्थीले आइतबार जुटपानी आश्रममा सहयोग गरेका छन् ।
विद्यार्थीहरुले पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमका वृद्धवृद्धालाई दिउँसो खाजामा स्याउँ, सुन्तला, केरा, चिउरा, दालमोठ खुवाउनुका साथै १ बोरा चामल, ५ केजी चिनी र ५ केजी दाल सहयोग गरेका हुन् । उनीहरुले आफ्ना शिक्षक प्रवेश पोखरेल, मोनिका कार्कीसहित दिउँसो आश्रममा आएर सो सहयोग गरेका आश्रमले जनाएको छ ।
यस्तै, लालबन्दी नगरपालिका ५ शान्ति टोल निवासी भगवती घिमिरेले ७३ वर्षमा प्रवेश गरेको अवसरमा आइतबार बिहान श्रीमान गोविन्द प्रसाद घिमिरेसहित आश्रममै पुगेर बिहानको एक भोजन गराएकी छन् ।