logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

रवीले प्रेमी श्रेयालाई दुलही बनाई हेलिकप्टर चार्टर गरी सर्लाही ल्याए


  • उज्यालो अभियान

कौडेना – सर्लाहीको दक्षिणी भेगस्थित कौडेनाका एक परिवारले काठमाण्डौंदेखि बुहारी भित्र्याउन हेलिकप्टर चार्टर गरेका छन् ।

कौडेना गाउँपालिका ५ को छपकैया गाउँका गणेश रायका छोरा रवीले प्रेमी श्रेयालाई काठमाडौंमै विवाह गरी त्यहाँबाट हेलिकप्टरमा गाउँ ल्याएका हुन् । ७ वर्ष न्यूजिल्याण्डमा बस्नुभएका रवीले सोमबार दिउँसो श्रेयालाई सिम्रिक एयरको हेलिकप्टरबाट कौडेना बजारमा ल्याण्ड गरेका कौडेनाका स्थानीय युवा धिरोज यादवले जानकारी दिए ।

ललितपुरको इमाडोल निवासी श्रेयालाई हेलिकप्टरमा हालेर घरसम्म ल्याएपछि कौडेना बजारमा हेलिकप्टर ल्याण्ड गर्दा हेर्ने स्थानीयको भीड लागेको थियो । मधेशका गाउँहरुमा आर्थिक रुपमा सबल रहेको परिवारले यसरी नवदुलहीलाई घरसम्म ल्याउन हेलिकप्टर प्रयोग गर्ने प्रचलन छ ।