logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मृतकको परिवारलाई बीमा भुक्तानी दावी रकम प्रदान


  • उज्यालो अभियान

हरिपूर्वा – सर्लाहीको हरिपूर्वाकी एक मृतक महिलाको परिवारलाई बीमा बापतको भुक्तानी दावी रकम प्रदान गरिएको छ ।

हरिपूर्वा नगरपालिका ५ बस्ने लिलम देवीले फरवार्ड माइक्रो फाइनान्स लघुवित्त संस्थामा गरेको बीमाको बीमा भुक्तानी दावी रकम सोमबार प्रदान गरिएको हो । बीमा गरिएको डेढ वर्षपछि दम रोगबाट लिलम देवीको मृत्यु भएपछि लाईफ इन्स्योरेन्स कम्पनिले उनको परिवारलाई बीमा रकम र क्रियाखर्चबापत १ लाख १४ हजार रुपैयाँ प्रदान गरेको छ ।

मृतक लिलम देवीको श्रीमान देवी मण्डललाई रकम प्रदान गरिएको फरवार्ड माइक्रो फाइनान्स लघुवित्त संस्था हरिपूर्वाका प्रमुख जितेन्द्र कुमार विश्वासले जानकारी दिए ।