logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा मतदानका क्रममा आईतबार दिनभर देखिएका दृष्यहरु


  • उज्यालो अभियान

रामनगर गाउँपालिका अन्तर्गत सिसौट बजार स्थित बागमती मावि मतदान केन्द्रमा मतदान गर्न लामवद्ध मतदाताहरु ।

रामनगर गाउँपालिका अन्तर्गत विर्ता मतदान केन्द्र ।

बलरा नगरपालिका–४, जब्दी मतदान केन्द्र ।

सिसौट बजार ।

सिसौट बजारमा गस्तीमा हिँडेको नेपाली सेनाको टोली ।

धनकौल गाउँपालिका–२, आधारभूत विद्यालय मतदान केन्द्र परिसर ।

रामनगरको विर्ता मतदान केन्द्रमा लामबद्ध मतदाताहरु ।

मलंगवा – प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत सर्लाहीमा आईतबार शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको छ ।

जिल्ला स्थित ३१२ मतदान स्थल अन्तर्गत ६०० मतदान केन्द्रमा मतदान कार्य सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी निर्मल पोखरेलले जानकारी दिए । सर्लाहीमा ४ लाख ७९ हजार ३८ जना मतदाता रहेका छन् । सर्लाहीको ४०८ मतदान केन्द्रको विवरण अनुसार ६२.९६ प्रतिशत मत खसेको छ । सबै मतदान केन्द्रहरुको एकिन विवरण भने आउन बाँकी रहेको निर्वाचन अधिकारी पोखरेलले जानकारी दिए ।

धनकौल गाउँपालिका–२, कृषि भवन मतदान केन्द्र ।

बागमतीकाे धरहरा स्थित जन बालकल्याण मावि मतदान केन्द्रमा मत खसाल्दै एक महिला । (तस्बिर : उज्यालाे अभियान)

प्रतिनिधि सभाको लागि ६९ जना र प्रदेश सभाको लागि १ सय ३३ जना उम्मेदवार चुनावी दौडमा छन् । २० वटा पालिका रहेको सर्लाहीमा ४ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ८ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ ।

हरिवनकाे महादेव जनता मावि मतदान केन्द्रमा लामवद्द मतदाता ।

बागमती नगरपालिका अन्तर्गत धरहरा स्थित जन बालकल्याण मावि मतदान केन्द्र । (तस्बिर : उज्यालो अभियान)

आईतबार बिहानै हरिवन स्थित महादेव जनता मावि मतदान केन्द्रमा मत खसाल्न आउँदै गरेका एक अपांग । (तस्बिर : उज्यालो अभियान)

यस पटकको मतदान कार्य शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । सामान्य बाहेक कुनै अपृय घटना नभएको प्रजिअ गौतमको दाबी छ । सोमबार मध्यान्हबाट सबै निर्वाचन क्षेत्रको मतगणनाको काम सूरु हुने तयारी गरिएको छ ।

सर्लाहीका ४ वटै क्षेत्रको मतगणना सोमबार मध्यान्हबाट मात्र सूरु हुने

सर्लाहीमा मध्यरातसम्म मतपेटिका बुझ्ने काम जारी

सर्लाहीकाे बागमती र बलराबाट ´फर्जी` मत खसाल्न खाेज्ने दुईजना पक्राउ