logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीकाे बागमती र बलराबाट ´फर्जी` मत खसाल्न खाेज्ने दुईजना पक्राउ


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीकाे बागमती र बलराबाट अर्काकाे नाममा मत खसाल्न खाेज्ने २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

बागमती नगरपालिका-१२ बथनिय प्रावि मतदनन केन्द्रमा फर्जी मत खसाल्न खाेजेकाे आराेपमा २० वर्षीय मुस्कान माेक्तानलाई प्रहरीले पक्राउ गरेकाे हाे । त्यस्तै बलरा नगरपालिका-४ जब्दी प्रावि मतदान केन्द्रमा पनि अर्काकाे नाममा मत खसाल्न गएका स्थानीय २८ वर्षीय आदित्य सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

पक्राउ परेका २ जनालाई नै नियन्त्रणमा राखिएकाे र निर्वाचन ऐन अनुसार कार्बाही गरिने जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक प्रविन पाेखरेलले जानकारी दिए ।