प्रतिकात्मक तस्बिर ।
बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–६, स्थित फूलजोर खोलाको किनारमा मंगलबार बिहान अन्दाजी ७ महिना जतिको नवजात शिशु (छोरी) को शव फेला परेको छ ।
बयलवासबाट फूलजोर मन्दिर हुँदै रानिगन्जतर्फ आउने सडकको खोला किनारमा बोराभित्र पोको पारेर फालेको अवस्थामा नवजात शिशुको शव फेला परेको हो । उक्त शिशु कसले फालेको हो ? भनी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोशन थापाले जानकारी दिए ।
थापाका अनुसार मंगलबार बिहान १० बजेतिर फोहोर (कवाडी) संकलन गर्ने बालबालिकाले बोराभित्र शिशुको शव फेला पारेपछि प्रहरी समक्ष खबर पुगेको थियो । प्रहरी निरीक्षक थापाले मृतक शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ ।
उक्त शिशु अवैध सम्वन्धपछि जन्माएर फालेको हुन सक्ने आशंका गरिएको छ ।