logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीको हरिपूर्वामा ३ राउण्ड हवाई फायर


  • उज्यालो अभियान

फाईल तस्बिर ।

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिका–५, मा आज (शुक्रबार) साँझ प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ ।

पारिवारिक विवाद बढ्दै गई झडपकै स्थिति सिर्जना भएपछि प्रहरीले हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) थानेश्वर गौतमले उज्यालो अभियानसँग बताए । प्रजिअ गौतमका अनुसार घटनास्थलको अवस्था अहिले सामान्य बनिसकेको छ ।

विवाद बढ्दै गएपछि जम्मा भएका स्थानीयको भीडलाई प्रहरीले हटाइसकेको छ । घटनास्थलमा थप मद्धतका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको छ । घटनाको सम्वन्धमा विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।