जुटपानी – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा शनिबार तीन परिवारले सहयोग गरेको छ ।
हरिवन नगरपालिका–१०, नयाँरोड निवासी सन्तोष गौतम र अस्मिता फूँयालले छोरा समिप गौतमको जन्मदिनको अवसरमा शनिबार दिउँसो आश्रममा मिष्ठान्न भोजन गराएका छन् । त्यस्तै, स्वर्गिय आमा राधा देवी खनालको १२ औँ पुण्य तिथीमा उनको छोरी अर्घाखाँची घर भई हाल अमेरिका बस्ने यमुना खनाल पन्थी, ज्वाइँ ध्रुवकुमार पन्थीलगायतले आश्रममा शनिबार बिहानको खाजा र मिष्ठान्न भोजन गराएको आश्रमले जनाएको छ ।
यस्तै, लालबन्दीमा नेपाल डेन्टल हेल्थ क्लिनिक संचालन गर्दै आएका डा. सीताराम कुशवाहा र श्रीमती अन्जली कुमारी कुशवाहाले छोरी आँसभी कुशवाहाको जन्मदिनको अवसर पारेर शनिबार बेलुकाको भोजन गराएका छन् ।