हरिपुर – शिक्षा, चेतना र आर्थिक अभावका कारण दसकौ देखी पछाडी परेका सर्लाहीको हरिपुर नगरपालिका–८, जुट्पानीका दलित महिलाहरुलाई पाँच दिने सचेतना मुलक रिफ्लेक्ट कक्षा संचालन गरिएको छ ।
तराईको सबैभन्दा पिछडिएको दलित समुदाय अन्तर्गत पर्ने माझी, मुसहर र पासवान लगायतका दलित समुदायलाई समेटेर मुसहर महिला सशक्तिकरण मन्च गठन गर्नुका साथै मन्चमा आवद्ध सदस्यहरुलाई लैङ्गिक तथा नेतृत्व क्षमता विकास, सामाजिक जवाफदेहिता र यसका बिधिहरु नागरिक प्रतिवेदन पत्र, सार्बजनिक सुनुवाई, स्थानिय योजना तथा लैङ्गिक उत्तरदायी बजेट र सामाजिक परिक्षण, आय आर्जन तथा जीविवकोपार्जन सुधार योजना, सामाजिक मुल्य मान्यता, सामाजिक समस्या र समाधानका उपायबारे प्रशिक्षण संचालन हुदै आई रहेको छ ।
अन्डेफको सहयोगमा साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) संस्थाद्वारा संचालित नेपालमा स्थानीय सरकारको लैगिंक उत्तरदायी सुशासन कार्यक्रम अन्र्तगत गठन गरेका मुसहर महिला सशक्तीकरण मञ्चले हरिपुर नगरपालिका ८ जुटपानीको मुसहर महिला सशक्तिकरण मन्चमा लैङ्गिक समता तथा नेतृत्व क्षमता विकास समबन्धमा अनुशिक्षण संचालन गरेको हो ।
साप–नेपालका कार्यक्रम संयोजक जनक कार्कीले स्थानिय सरकारको लैगिंक उत्तरदायी सुशासन कार्यक्रम अन्तरगत जिल्लाको चन्द्रनगर गाउँपालिका, बसबरिया गाउँपालिका, हरिपुर नगरपालिका र बरहथवा नगरपालिकामा ३२ वटा मुसहर महिला कृषक समूह गठन गरी कृषि तथा पशु कार्यालयमा दर्ता गरिएको बताए । उक्त समूहहरुमा १६ सय मुसहर महिलाहरुलाई महिला सशक्तिकरण, सामाजिक जवाफदेहिता, सामाजिक मुल्य मान्यता, स्थानिय निकायमा मुसहर महिलाहरुको सहभागीता अभिवृद्धिका लागी तालिम तथा रिफ्लेक्ट कक्षाहरु संचालन गर्दै आएको कार्कीले बताए ।
साप नेपालका फिल्ड सुपरभाईजर मनोज पासवानले समूहमा नियमित बचत गर्न प्रोत्साहन गर्ने, वडा तथा पालिकाको कार्यालयमा पहुँच पु¥याउने, जन्म दर्ता, विवाह दर्ता, बिद्यालय भर्ना, नागरिकता जस्ता विषयमा सचेतना मुलक कार्यक्रम संचालन गर्दै आइरहेको बताए ।
बुधबारदेखि ६ गते सम्म संचालन हुने उक्त अनुशिक्षण कार्यक्रममा सामाजिक जवाफदेहिता, जिविकोपार्जन, सामाजिक मुल्य, मान्यता बिषयमा पशु शाखाका प्रमुख लगायत हरिपुर नगरपालिकाको उप प्रमुखको उपस्थितिमा कार्यक्रम संचालन गरिने घुम्ती प्रशिक्षक लक्ष्मी पासवानले बताईन् ।
कार्यक्रममा समूहका ४५ जनाको सहभागीता रहेको छ ।