वन कार्यालयको नवनिर्मित भवन । (तस्बीर : उज्यालो अभियान)
बागमती – सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयामा शुक्रबार पशुपति सामुदायिक वनको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
चुरे पाखोमा पर्ने सो वनको भर्खरै निर्माण भएको भवनको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा र डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमदले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा उपमेयर लिलाकुमारी मोक्तान लगायतको उपस्थिति रहेको थियो ।
२६ लाख भन्दा बढी लागतमा बैठक हलसहित वनको आफ्नै भवन निर्माण गरिएको पशुपति सामुदायिक वन उपभोक्ता समिति कर्मैयाले जनाएको छ ।