logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा आजबाट हुस्सु लाग्न सुरु


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा आजबाट हुस्सु लाग्न सुरु भएको छ ।

हिजोसम्म यस क्षेत्रमा चर्को घाम लागेर उखरमाउलो गर्मी भएपनि आज भने मौसम अचानक बद्ली भई जिल्लाभर नै हुस्सु लाग्न थालेको हो । जिल्लाको उत्तरी चुरेभेगमा हुस्सुसँगै बाक्लो मात्रामा शित परिरहेको स्थानीयले बताएका छन् ।

यो वर्ष कात्तिक अन्तिम सातातिरै हुस्सु लागेर चिसो सुरु भएको छ । बिहान मौसम केही सफा रहेको क्षेत्रमा पनि यतिबेला भने हुस्सु लागेर ढाकेको छ ।

जिल्लाको चुरेभेगसहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने हरिवन, लालबन्दीसहित बयलवास, बरहथवा, गैरसहित दक्षिणी भेगमा पर्ने सदरमुकाम मलंगवासहित कौडेना, गोडैता, बलरा, पर्सा, हरिपूर्वालगायत क्षेत्रमा पनि हुस्सु लागिरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् । गर्मी कम भई चिसो पस्दै जाँदा मानिसमा ज्वरो, रुघाखोकीजस्ता मौसमजन्य रोगको संक्रमण समेत देखा परिरहेको छ ।