logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

गाउँपालिकाको स्कारपियोले ठक्कर दिँदा बालकको मृत्यु


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

मलंगवा – सर्लाहीको चक्रघट्टा गाउँपालिकाको स्पकारपियोको ठक्करबाट सोमबार सदरमुकाम मलङ्गवामा एक बालकको मृत्यु भएको छ ।

चक्रट्टा गाउँपालिकाको नाममा रहेको ना १ झ १७०० नम्वरको स्कारपियाले ठक्कर दिँदा ईश्वरपुर नगरपालिका–१४, बस्ने हीरालाल मण्डलका छोरा वर्ष ४ का निशान्त कुमार मण्डलको मृत्यु भएको हो । सोमबार दिउँसो ३ बजेतिर नवलपुर–मलङ्गवा सडकमा मलङ्गवाबाट उत्तरतर्फ आउँदै गरेको स्कारपियाले मलङ्गवा नगरपालिका–४, शिवसागर चोकमा ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । दुर्घटनामा संलग्न गाडी र त्यसका चालक जिल्ला प्रहरी कार्यालय मलङ्गवाको नियन्त्रणमा छन् ।

गाउँपालिका अध्यक्षले चढ्ने गरेको स्पकारपियो भएपनि गाउँपालिकाभित्रका कोही बिरामी पर्दा यो गाडीले अस्पतालसम्म पुर्याउन पनि प्रयोग गर्ने गरिएको थियो ।