logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाही ४ बाट नागेन्द्र रायले पाए टिकट, स्वतन्त्र उम्मेदवारी दिने अमरेशको तयारी


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीको क्षेत्र नं. ४ मा नेपाली कांग्रेसले निवर्तमान जिल्ला सभापति नागेन्द्र कुमार रायलाई टिकट दिएको छ ।

सत्ता गठवन्धनमा भागबण्डा मिलाउँदा क्षेत्र नं. ४ कांग्रेसको भागमा परेको छ । कांग्रेसले सो क्षेत्रमा निवर्तमान सांसद डा.अमरेशकुमार सिंहलाई पाखा लगाउँदै निवर्तमान जिल्ला सभापति रायलाई टिकट दिएको हो ।

राय संस्थापन पक्षका हुन् । शेखर कोइराला पक्षका निवर्तमान सांसद सिंहले पार्टीले अन्तिममा आफूलाई नै टिकट दिने बताउँदै आएका थिए । तर, पार्टीले टिकट नपत्याएपछि सिंहले स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

संस्थापन पक्षका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह लगायतका नेताहरु निवर्तमान सांसद अमरेशलाई कुनै पनि हालतमा टिकट नदिए गरी लागि परेका थिए । संस्थापन पक्षले पार्टीका महामन्त्री गगनकुमार थापालाई सर्लाही ४ मा ल्याएर चुनाव लडाउन चाहे पनि थापा अन्ततः काठमाण्डौं ४ बाटै उठ्ने भएका छन् ।