logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा हिस्टुनको नयाँ नेतृत्व चयन


  • उज्यालो अभियान

मलंगवा – उच्च माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) सर्लाहीको नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार सदरमुकाम मलंगवामा भएको दोस्रो जिल्ला अधिवेशनबाट देवेन्द्र प्रसाद कुशवाहा अध्यक्ष रहने गरी हिस्टुनको ११ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा ठाकुरप्रसाद घिमिरे, सचिवमा होमनाथ धमला, कोषाध्यक्षमा सुनिल चौधरीलगायत अन्य सदस्य रहेका छन् ।

हिस्टुनले प्लटूमा अध्यापन गराउने शिक्षकको हकहितका लागि काम गर्दै आइरहेको छ ।