logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

राष्ट्रिय चेस प्रतियाेगितामा हरिवनकी कार्की छनाैट


  • उज्यालो अभियान

वीरगंजमा सम्पन्न छनाैट प्रतियाेगितामा चेस खेल्दै कृपा कार्की । (तस्बिर : उज्यालाे अभियान)

हरिवन – नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगितामा सहभागी हुन मधेश प्रदेश स्तरीय चेस छनाैट प्रतियाेगितामा सर्लाही हरिवनकी कृपा कार्की छनाैट भएकी छिन् ।

गत असोज ३ गते देखि ७ गते सम्म बीरगंजमा सम्पन्न प्रदेश स्तरीय बुद्दिचाल प्रतियोगितामा कार्की सहित ३ जना महिला र ३ जना पुरूष राष्ट्रिय खेलकुद प्रतियाेगितामा सहभागीताका लागि छनाैट भएका हुन् । प्रदेशका ८ वटै जिल्लाबाट सहभागीहरुबीचकाे प्रतिष्पर्धाबाट पुरुषतर्फ सप्तरीका मनोज विश्वकर्मा प्रथम, महेश चौधरी द्वितिय र उमेश साह सोनार तृतीय भई छनाैट भएका छन् ।

त्यस्तै महिलातर्फ भने सिराहाकी सञ्जिता महतो प्रथम, सर्लाहीकी कृपा कार्की द्वितिय र सिराहाकी रियू सिंह तृत्तीय हुँदै छनाैट भए । छनौट भएका तिन पुरुष र तीन महिलाले प्रदेशको प्रतिनिधित्व गर्दै पोखरामा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छन् ।

हरिवन निवासी कृपा कार्की राष्ट्रिय बुद्दिचाल प्रतियोगिताका लागि छनौट हुने सर्लाही जिल्लाकै पहिलो महिला खेलाडी समेत बनेकी छिन् ।