logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

राष्ट्रपतिको कदमबारे मलंगवामा अन्तक्र्रिया


  • उज्यालो अभियान

मलंगवा, असोज ८ – जनता समाजवादी पार्टी (जसपा) सर्लाहीले शनिबार नागरिकता विधेयक सम्वन्धी राष्ट्रपतिको कदमका सन्दर्भमा सरोकारवालासँग अन्तक्र्रिया गरेको छ ।

सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको सभा हलमा पार्टीका जिल्ला अध्यक्ष वीरेन्द्र राय यादवको अध्यक्षता तथा पार्टीका सचेतक एवं सर्लाही क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साहको प्रमुख आतिथ्यतामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो । अन्तक्र्रियामा सहभागी भई नागरिक समाज, मानव अधिकारर्मी, व्यवसायीलगायत सहभागी भई राष्ट्रपतिको कमदबारे मन्तव्य राखेका जसपाका नेता सुनिलकुमार साहले जानकारी दिए ।

संसदबाट दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि सर्लाहीमा पहिलो पटक यसरी राजनीतिक तबरमा औपचारिक अन्तक्र्रिया कार्यक्रम गरिएको हो ।