logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

संविधान दिवसमा रक्तदान, १९ जनाले गरे रक्तदान


  • उज्यालो अभियान

मलंगवा – संविधान दिवसको अवसर पारेर आइतबार सर्लाही सदरमुकाम मलङ्गवामा आयोजित रक्तदान शिविरमा १९ जनाले रक्तदान गरेका छन् ।

संविधान दिवस मूल समारोह समिति सर्लाहीको आयोजनामा प्रादेशिक अस्पताल मलङ्गवाको परिसरभित्र आयोजित रक्तदान शिविरमा १९ जनाले रक्तदान गरेका हुन् । सङ्कलित रगत नेपाल रेडक्रस सोसाइटी मलङ्गवा शाखाले अस्पताल परिसरमै सञ्चालन गरिरहेको रक्तसञ्चार केन्द्र (ब्लड) बैंकमा राखिएको छ ।

आइतबार बिहान रक्तदान शिविर उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्रकुमार महतो, सुरक्षा निकायका प्रमुखलगायत उपस्थिति भएका थिए । संविधान दिवसको अवसरमा असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम आयोजना गर्ने संविधान दिवस मूल समारोह समितिले निर्णय गरेको छ ।

सोही निर्णय अनुसार सोमबार संविधान दिवसकै मुख्यदिन जिल्लाभर वृक्षरोपण, सरसफाई, दीप प्रज्वलनलगायतका कार्यक्रम हुँदै छन् ।