लालबन्दी – सर्लाहीको लालबन्दीमा अखिल नेपाल महिला संघ (अनेमसंघ) को विस्तारित बैठक तथा प्रशिक्षण एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार परेको जितिया पर्वसहित नजिकिँदै गरेको दशैँ, तीहार र छठ पर्वको शुभकामना आदानप्रदान गर्दै अनेमसंघ (समाजवादी) मा आवद्ध महिला दिदीबहिनीलाई प्रशिक्षण प्रदान गरिएको हो । पार्टीको अगुवा महिला नेतृ तथा नेताहरुबाट प्रशिक्षण प्रदान गरिएको संघकी लालबन्दी नगर कमिटी सचिव रन्जना घिसिङले जानकारी दिईन् ।
संघकी लालबन्दी नगर कमिटी अध्यक्ष मिना भण्डारीको अध्यक्षता तथा प्रदेशसभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नेताहरु उद्धव पाठक, राजन काफ्ले, नेतृ अन्जु पौडेल, रमा पौडेल, गीता माझीलगायतको उपस्थिति रहेको थियो ।