हरिपुर – सर्लाहीको हरिपुरमा सोमबार मुसहर महिला सशक्तिकरण मन्च हरिपुरको आयोजनामा नीतिगत पैरवीका लागि सरोकारवालासँग परामर्श तथा अन्तरक्रिया गरिएको छ ।
साप नेपालले अन्डेफको सहयोग तथा नेपाल मुसहर संघसँग समन्वय गरी संचालन गरिरहेको मुसहर महिला सशक्तकरण मन्चका गतिविधि सम्वन्धी कार्यक्रममा केन्द्रीत रही हरिपुरस्थित नेपाल रेडक्रस सोसाईटीको हलमा अन्तरक्रिया गरिएको हो ।
मुसहर महिला मन्चका अध्यक्ष पल्टनिया देवीको अध्यक्षता तथा हरिपुर नगरपालिकाका नगरप्रमुख गोपाल पंजियारको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उपप्रमुख निलमदेवी यादव, अन्डेफका प्रतिनिधि रुप सुनुवार, साप नेपालका कार्यकारी निर्देशक नरेन्द्रप्रसाद जोशी, नगरपालिकाको विभिन्न विषयगत शाखाका प्रमुख, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्रीयलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मुसहर समुदायका महिलाले आफ्ना समुदायको समस्यालगायत राखेका थिए भने प्रमुख अतिथि नगरप्रमुख पंजियारले मुसहर समुदायको उत्थानका लागि शिक्षा, जनचेतना लगायतमा जोड दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।