logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

बरहथवा : सोती खोलामा डुबेर विद्यार्थीको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–८, टाँडीस्थित नहरमा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ ।

सोती खोलाको नहरमा डुबेर धनकौल गाउँपालिका–७, छटौल बैरिया टोल बस्ने वीरेन्द्र यादवका छोरा १५ वर्षीय शिवजी यादवको मृत्यु भएको हो । शिवजी पढ्नका लागि बरहथवामा कोठा गरेर बस्दै आएका थिए ।

चक्र जनता माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्ने उनी बुधबार दिउँसो साथीहरुसँगै नुहाउन भन्दै नहरमा गएका बेला डुबेर बेपत्ता भएका थिए । डुबेर बेपत्ता भएको स्थानभन्दा ५० मिटर दक्षिणमा बुधबार साँझ शिवजीको शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

मृतकको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि बिहीबार बिहान परिवारले बुझेर लगिसकेका छन् ।