logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

चन्द्रनगरमा घर ढल्दा एक महिला घाइते, दुईवटा भैँसी र चारवटा बाख्रा मरे


  • उज्यालो अभियान

चन्द्रनगर गाउँपालिकाको कार्यालय ।

किसनपुर – सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, शितलपुरमा शनिबारराती घर भत्किएर किच्दा एक महिला सामान्य घाइते भएकी छन् ।

स्थानीय सरोज मण्डलको सिमेन्टको पिलरवाला खाँबो र बाँस तथा खपडाले छाएको घर एक्कासी भत्किँदा उनकी श्रीमती २७ वर्षीया बिनिता मण्डल घाइते भएकी हुन् । उनको बायाँ हातमा चोट लागेको छ ।

घर भत्किँदा एउटा भैँसी र पाडो तथा चारवटा बाख्रापाठा मरेका छन् । आर्थिक अवस्था नाजुक रहेको मण्डल परिवारले भर्खरै ४० हजार खर्चेर घर मर्मत गरेको थियो ।

घर भत्किएपछि मण्डल परिवार बिचल्लीमा परेको स्थानीयले बताएका छन् । घर भत्किँदा ५ लाख बराबरको धनमाल क्षति भएको पीडितलाई उद्वृत गर्दै इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।