लालबन्दी – कवि तथा साहित्यकार डा. नवराज लम्साललाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९ बाट सम्मान गरिएको छ ।
शनिबार सर्लाहीको लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा एक कार्यक्रमका बीच कवि तथा साहित्यकार डा. लम्साललाई सो पुरस्कारबाट सम्मान गरिएको हो । पुरस्कारको राशी नगद ५० हजार रुपियाँ रहेको छ ।
यस्तै, १० हजार रुपियाँ राशीको लालबन्दी नगर वाङ्मय परिषद् स्थानीय प्रतिभा पुरस्कार–२०७९ पत्रकार क्षितिज विश्वकर्मालाई प्रदान गरिएको छ । त्यसैगरी, सर्लाही गौरव सम्मानबाट वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारी र गजल सारथी सम्मानबाट गजलकार घनेन्द्र ओझालाई सम्मान गरिएको आयोजक लालबन्दी नगर वाङ्मय परिषद्ले जनाएको छ ।
उनीहरुलाई लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. जगतप्रसाद उपाध्याय, भाषा आयोगका सदस्य गोपाल अस्कर, नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल, प्राज्ञ सभा सदस्य शशी लुलुम्बुलगायतले सम्मान गरे ।
त्यसैगरी, कार्यक्रममा जिल्लाको साहित्य क्षेत्रमा योगदान पु¥याउने अन्य व्यक्तिहरुलाई पनि प्रशङ्सा पत्र प्रदान गरी सम्मान गरिएको छ ।