हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकामा कार्यरत स्थानीय तहतर्फका कर्मचारी आन्दोलित बनेका छन् ।
संघीय, प्रदेश र स्थानीय तहका लागि एकैखाले निजामती सेवा ऐन जारी गर्नुपर्ने, तीनै तहमा कायम हुने गरी तहगत प्रणाली लागू गर्नुपर्ने, राष्ट्रिय स्तरको ट्रेड युनियनमा स्थानीय तहतर्फका कर्मचारीलाई पनि समावेश गर्नुपर्ने लगायतकामाग राख्दै कर्मचारी आन्दोलित भएका हुन् । यि माग राख्दै बुधबार पहिलो दिन हातमा कालोपट्टी बाँधेर काम गरिएको हरिपुर नगरपालिकामा कार्यरत स्थानीय तहतर्फको छैठौं तहका अधिकृत विaनय पौडेलले जानकारी दिए ।
पौडेलले आफूहरुको माग सम्वोधन गर्न चरणवद्ध आन्दोलन गर्दै जाने बताए । आन्दोलित कर्मचारीले करारका कर्मचारीहरुको समेत माग सम्वोधन गर्न माग गरेका छन् ।