logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

विप्लवको सर्लाही सेक्रेटरीमा राउत


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व फेरिएको छ ।

सोमबार (हिजो) लालबन्दी नगरपालिका १० चन्द्रपुर तुलसी टोलस्थित वडा कार्यालय सँगै रहेको हलमा भएको ५ औँ जिल्ला सम्मेलनले जनक राउत जिल्ला सेक्रेटरी रहने गरी विप्लव समूहको नयाँ नेतृत्व चयन गरिएको हो । सेक्रेटरीमा राउत र अन्य सबै सदस्यहरु रहेका विप्लव समूहले जनाएको छ ।

विप्लव समूह सर्लाहीको सेक्रेटरीमा यसअघि कमल सुस्लिङ मगर रहेका थिए । सुस्लिङकै अध्यक्षता तथा केन्द्रीय सदस्य रणवीर बमको प्रमुख आतिथ्यतामा आयोजित जिल्ला सम्मेलनमा केन्द्रीय सदस्य देवनारायण साह, अर्का केन्द्रीय सदस्य मिसन शाही, विशेष जिल्ला सेक्रेटरी पवन महतो, रौतहट जिल्ला सेक्रेटरी एनबी थापा, बारा जिल्ला सेक्रेटरी भिष्म शाहीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शहीदका परिवार र निवर्तमान जिल्ला सेक्रेटरी कमल सुस्लिङ मगरलाई सम्मान गरिएको छ । विप्लव समूहबाट केही समयअघि धर्मेन्द्र बाँस्तोला र हेमन्तप्रकाश ओली समूह अलग्गीसकेको छ ।


बास्तोला र ओली समूहले केही दिनअघि नै सर्लाहीमा नयाँ कमिटी गठन गरिसकेको छ ।