logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीका सबै पालिकामा फाइजर खोप पुर्याइयो, भोलीदेखि लगाइने


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीका सबै पालिकामा कोरोना भाइरसविरुद्धको फाइजर खोप पुर्याइएको छ ।

भोली (मंगलबार) बाट ५ देखि १२ वर्षसम्मका बालबालिकालाई खोप लगाउन मलंगवा नगरपालिकाबाहेक अरु १९ वटा पालिकामा आज (सोमबार) दिउँसो नै खोप पुयाइसकिएको स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डाक्टर नवलकिशोर झाले सोमवार साँझ उज्यालो अभियानसँग बताए । नजिकै रहेकाले मलंगवा नगरपालिकालाई भने मंगलबार बिहान नै खोप प्रदान गरिने छ ।

स्वास्थ्य कार्यालयका प्रमुख डा. झाका अनुसार मंगलबारबाट २० वटा पालिकामा एकैसाथ खोप कार्यक्रम चल्ने छ । बालबालिकालाई खोप लगाउन पालिकाहरुले तालिका पनि बनाइसकेका छन् ।
सरकारले ५ गतेदेखिकै खोप कार्यक्रम तय गरेपनि सर्लाहीमा भने खोप आउन नै ढिलो भएको छ । डा. झाका अनुसार सर्लाहीमा मंगलबारबाट ११÷१२ गतेसम्म नै ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो मात्रा फाइजर खोप लगाउन लागिएको हो ।

सर्लाहीमा १ लाख ४० हजार डोज खोप आइपुगेको छ । खोप कार्यक्रम संचालन गर्न केही दिनअघि स्वास्थ्यकर्मी र शिक्षकहरुलाई अभिमुखिकरण प्रदान गरिएको थियो ।

५ देखि १२ वर्षसम्मका २०० जना विद्यार्थी रहेको विद्यालयमा त्यहीँ स्वास्थ्यकर्मी गएर खोप लगाइदिने छन् भने सो संख्या नपुग्ने विद्यालयका विद्यार्थीलाई नजिकै अर्को विद्यालयमा लगेर खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख डा. झाले बताए ।