logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

सर्लाहीमा मगर समुदायको तेस्रो मन्दिर निर्माण


  • उज्यालो अभियान

परवानिपुर – सर्लाहीमा मगर समुदायको तेस्रो मन्दिर निर्माण गरिएको छ ।

गाउँलेहरुले श्रमदान र सहयोग चन्दाबाट लालबन्दी नगरपालिका १५ सतभैयामा मगर समुदायको मन्दिर निर्माण गरेका हुन् । यसअघि जिल्लामा बागमती नगरपालिकास्थित ढुंग्रेखोला मिलन चोकमा पहिलो र ईश्वरपुर नगरपालिकास्थित सागरनाथमा दोस्रो मगर मन्दिर अर्थात् मगर गुम्बा निर्माण भएको थियो ।

सतभैयामा भर्खरै निर्माण भएको मगर मन्दिरमा शनिबार प्रदेशसभा सदस्य बेची लुंगेलीले संसदीय विकास कोषको रकमबाट २५ किलोको वुद्धको मूर्ति प्रदान गरिन् । लुंगेलीले मन्दिर परिसरमा ढलान गर्ने, गजुर बनाउनेलगायत काम बाँकी नै रहेकाले त्यसमा पनि आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

प्रदेश सभा सदस्य लुंगेलीले मन्दिर निर्माण समितिका अध्यक्ष धनबहादुर दर्लामी मगर र मगर समुदायका पुरोहित अर्थात वापा प्रेमबहादुर राना मगरलाई मूर्ति हस्तान्तरण गरेकी हुन् ।